Rumpum Advertisement

उर्लाबारी नगरपालिकाको सबै सेवा बन्द

Neuro Ad
उर्लाबारी नगरपालिकाको सबै सेवा बन्द

विराटनगर, २६ असोज । मेयर खड्ग फागोसहित नगरका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मोरङको उर्लाबारी नगरपालिकाको सबै सेवा सोमबारबाट बन्द गरिएको छ ।

नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रदान गरिँदै आएका सेवा सूचनानै जारी गरेर बन्द गरिएको हो । मेयर फागोसहित संक्रमित कर्मचारीको सम्पर्कमा रहेका जनप्रतिनिधि र अरु कर्मचारीको पीसीआर परीक्षण गराउनु पर्ने भएकाले रिपोर्ट नआएसम्म सेवा बन्द नै रहने नगरपालिकाले जनाएको छ ।

फागोका अनुसार पीसीआर परीक्षणका लागि अरु कर्मचारी र जनप्रतिनिधिको स्वाब संकलन सुरु गरिएको छ । पाँच दिनअघि उनका सवारी चालक इन्द्र आपागाईंमा कोरोना पुष्टि भएको थियो । त्यसपछि होम क्वारेन्टाइनमा बसेका नगर प्रमुख फागो र नगर स्वास्थ्य शाखा संयोजक सुरेश खड्कालाई पनि कोरोना देखिएको छ ।

फागोले कार्यालयहरु बन्द गरिएपछि सेवाग्राहीमा असुविधा पर्न सक्नेभन्दै कम्तीमा तीन दिनसम्म सेवा प्रवाह गर्न नसकिने उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ