Rumpum Advertisement

सुनसरीका संक्रमितको विराटनगरमा मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
सुनसरीका संक्रमितको विराटनगरमा मृत्यु

विराटनगर, २६ असोज । सुनसरीका एक जना कोरोना भाइरस संक्रमित पुरुषको उपचारका क्रममा विराटनगरमा सोमबार बिहान मृत्यु भएको छ ।

बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार बिहान ६ः५० बजेतिर मृत्यु भएका पुरुषको शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

उपचारका लागि आइतबार साँझ ६ः२५ बजेतिर नोबेल ल्याइएका उनलाई राति १२ बजेतिर कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको दाहालले बताए । उनका अनुसार दुवै मृगौलामा पहिल्यैदेखि समस्या रहेका मृतकले विगत केही वर्षदेखि मृगौलाको नियमित डाइलासिस गराउँदै आएका थिए ।

नोबेलको कोभिड अस्पतालमा उपचाररत नौ जना संक्रमितको हालसम्म मृत्यु भइसकेको दाहालले बताए । ४४ जना संक्रमित उपचाररत रहेकोमा नौ जनाको अवस्था गम्भीर छ । गम्भीर अवस्थाकालाई आईसीयूमा भर्ना गरेर उपचार जारी राखिएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ