Rumpum Advertisement

चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

चितवन, २६ असोज । चितवनको भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित वेवारिसे महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनीको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो ।

यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनीमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो । रासस

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ