Rumpum Advertisement

क्रोएशियाले स्वीडनेलाई हरायो

Neuro Revised Adv
Koshi Dashain ad
क्रोएशियाले स्वीडनेलाई हरायो

विराटनगर, २६ असोज । यूईएफए नेशन्स लिगमा क्रोएशियाले बलियो प्रतिद्वन्द्वी स्वीडेनमाथि जित निकालेको छ । आइतबार राति भएको खेलमा क्रोएशियाले स्वीडेनलाई २–१ गोलले हराएको हो ।

क्रोएशियाको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन निकोला भ्यासिस र आन्द्रेज क्रमारिकले समान १–१ गोल गरे । स्वीडेनका मार्कुस बर्जले एक गोल फर्काए ।

खेलको ३१औं मिनेटमा भ्लासिसले गोल गर्दै क्रोएशियालाई पहिलो हाफभरि अग्रता दिलाएका थिए । खेलको ६६औं मिनेटमा बर्जले गोल गरेपछि स्वीडेन बराबरीमा फर्कियो ।

खेल सकिन ६ मिनेट बाँकी छँदा क्रमारिकले गोल गर्दै क्रोएशियालाई २–१ गोलले जिताए ।

जितसँगै क्रोएशियाले पहिलो जित निकालेको छ । ३ खेलबाट ३ अंक जोडेको क्रोएशिया समूह ‘सी’को तेस्रो स्थानमा छ भने अंकविहीन स्वीडेन चौथो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ