Rumpum Advertisement

चाडपर्व नजिकिँदै जाँदा महँगीको मारमा उपभोक्ता

Neuro Revised Adv
Koshi Dashain ad
चाडपर्व नजिकिँदै जाँदा महँगीको मारमा उपभोक्ता

विराटनगर, २६ असोज । दशैँ लगायतका चाडपर्व नजिकिँदै जाँदा उपभोक्ता भने महँगीमा मारमा परेका छन् ।

कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दैनिक उपभोग्य वस्तु दाल र तेललगायतको मूल्य बढेपछि महँगीमा पिल्सिन थालेका हुन् । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई महिनामा दाल प्रतिकिलो १० रुपैयाँसम्म, हरियो केराउ प्रतिकेजी ३५ रुपैयाँ र तेल प्रतिलिटरमै १५ रुपयाँभन्दा धेरैले महँगिएको छ । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले थोक बजारमा बिनाकारण तेल र दहलनका भाउ बढेको र यस विषयमा आफूसमेत अचम्ममा परेको बताए ।

दशैँ लागे पनि व्यापार नभएको र थोक बिक्रेताले पनि बिनाकारण मूल्य बढाएकाले आफूहरू दोहोरो मारमा परेको गुनासो गरे । उनका अनुसार सामान खरिद गर्दा थोक व्यापारीबाट बढेको बिलबिजक पाइएको छैन तर भाउ भने बढेको छ ।

अध्यक्ष श्रेष्ठले पछिल्लोपटक बढेको बजार मूल्यका विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पदाधिकारीलाई भेटेर बजार मूल्यको अनुगमनका लागि पनि आग्रह गरिरहेको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ