Rumpum Advertisement

हालाण्डको ह्याट्रिकमा नर्वेको शानदार जित

Neuro Revised Adv
Koshi Dashain ad
हालाण्डको ह्याट्रिकमा नर्वेको शानदार जित

विराटनगर, २६ असोज । स्ट्राइकर इयर्लिङ ब्राउल्ट हालाण्डको ह्याट्रिकमा नर्वेले यूईएफए नेशन्स लिगमा शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा नर्वेले रोमानियामाथि ४–० गोलको शानदार जित निकालेको हो ।

नर्वेको मैदानमा भएको खेलमा हालाण्डले ह्याट्रिक गरे । हालाण्डको यो पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक हो । यस्तै एलेक्जेन्डर सोर्लथले एक थोल गरे ।

खेलको १३औं मिनेटमा हालाण्डले गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै ३९औं मिनेटमा सोर्लथले गोल गरेपछि पहिलो हाफभरि नर्वेले २–० गोलको अग्रता बनायो ।

खेलको ६४औं मिनेटमा र ७४औं मिनेटमा गोल गर्दै हालाण्डले देशका लागि पहिलो ह्याट्रिक गरे । र, नर्वेलाई ४–० गोलको जित दिलाए ।

जितसँगै समूह ‘ई’मा नर्वेले दोस्रो स्थान बनायो । उसले ३ खेलबाट ६ अंक बटुल्यो । पराजित रोमानिया भने ४ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ