Rumpum Advertisement

पोर्चुगल र फ्रान्सले अंक बाँडे

Neuro Revised Adv
Koshi Dashain ad
पोर्चुगल र फ्रान्सले अंक बाँडे

विराटनगर, २६ असोज । यूईएफए नेशन्स लिगमा आज साविक विजेता पोर्चुगल र फ्रान्सले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा पोर्चुगल र फ्रान्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

फ्रान्सस्थित स्टेड डी फ्रान्समा भएको खेलको निर्धारित समय दुवै टोलीले गोल गर्न सकेनन् । र, बराबरी खेलेपछि दुवैले समान १–१ अंक बाँडे ।

पोर्चुगल र फ्रान्स नेशन्स लिगअन्तर्गत समूह ‘सी’मा रहेका छन् । पोर्चुगल उक्त समूहको शीर्ष स्थानमा छ भने फ्रान्स दोस्रो स्थानमा छ ।

दुवै टोलीले तीन खेल खेल्दै ७ अंक जोडेका छन् । फ्रान्स गोल अन्तरको आधारमा पोर्चुगलभन्दा पछि परेको छ ।