Rumpum Advertisement

अमेरिकामा संक्रमित संख्या ८० लाख नजिक

Neuro Revised Adv
Koshi Dashain ad
अमेरिकामा संक्रमित संख्या ८० लाख नजिक

विराटनगर, २६ असोज । कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा कोरोना संक्रमितको संख्या ८० लाख नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४१ हजार सात सय ४९ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ७९ लाख ९१ हजार ६९ पुगेको हो । अमेरिकामा हालसम्म कोरोनाका कारण दुई लाख १९ हजार छ सय ९५ जनाको मृत्यु भइसकेको छ । एकै दिन तीन सय २५ जनाले ज्यान गुमाए ।

संक्रमितमध्ये ५१ लाख २७ हजार दुई सय ९९ जना उपचारपछि घर फर्किएका छन् । २६ लाख ४४ हजार ७५ जना उपचाररत रहेकोमा १४ हजार सात सय २२ जनाको अवस्था गम्भीर छ ।

कोरोनाबाट प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ७१ लाख १९ हजार तीन सय पुगेको छ । एकै दिन ६७ हजार सात सय ५७ नयाँ बिरामी थपिए । कोरोनाका कारण एक लाख नौ हजार एक सय ८४ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा आठ सय १३ जना संक्रमितको ज्यान गयो ।

संक्रमण पुष्टि भएकामध्ये ६१ लाख ४६ हजार चार सय २७ जना उपचारपछि घर फर्किएका छन् । आठ लाख ६३ हजार छ सय ८९ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा संक्रमित संख्या ५० लाख ९५ हजार पाँच सय ८६ पुगेको छ । एक लाख ५० हजार चार सय ८८ को मृत्यु भइसकेको छ ।

४४ लाख ७० हजार एक सय ६३ जना उपचारपछि कोरोनामुक्त भएका छन् । चार लाख ७४ हजार नौ सय ३५ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ७७ लाख ३२ हजार पाँच सय चार पुगेको छ । एकै दिन दुई लाख ७४ हजार चार सय ५७ जना नयाँ बिरामी थपिए । कोरोनाका कारण १० लाख ८१ हजार एक सय ४६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा तीन हजार सात सय ६८ जनाको ज्यान गयो ।

संक्रमितमध्ये दुई करोड ८३ लाख ३५ हजार छ सय ६८ जना उपचारपछि घर फर्किएका छन् । ८३ लाख १५ हजार छ सय ९० जना उपचाररत रहेकोमा ६८ हजार आठ सय ३७ जनाको अवस्था चिन्ताजनक छ ।