Rumpum Advertisement

नाडालले बनाए कीर्तिमान, जिते १३औं पटक फ्रेन्च ओपनको उपाधि

Neuro Revised Adv
Koshi Dashain ad
नाडालले बनाए कीर्तिमान, जिते १३औं पटक फ्रेन्च ओपनको उपाधि

विराटनगर, २५ असोज । राफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा नोभाक जोकोभिकलाई हराउँदै नाडालले १३औं पटक फ्रेन्च ओपन जितेका हुन् ।

पेरिसमा भएको फाइनलमा सर्बियन खेलाडी जोकोभिकलाई ६–०, ६–२ र ७–५ को सेटमा हराउँदै स्पेनिस खेलाडी नाडालले कीर्तिमानी १३औं पटक फ्रेन्च ओपनको उपाधि जितेका हुन् ।

यससँगै नाडाल १३ पटक फ्रेन्च ओपन जित्ने एक्लो खेलाडी पनि बने । नाडालको यो करियरको २०औं ग्राण्डस्लाम उपाधिसमेत हो ।

यस्तै लगातार चौंथो वर्ष फ्रेन्च ओपन जितेका नाडालले रोजर फेडेररको सर्वाधिक २० ग्राण्डस्लाम उपाधि जित्ने खेलाडीको कीर्तिमानीसँग बराबरीसमेत गरे ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ