Rumpum Advertisement

दिल्लीद्वारा मुम्बईसामु १६३ रनको लक्ष्य प्रस्तुत, धवनको अर्धशतक

Neuro Revised Adv
Koshi Dashain ad
दिल्लीद्वारा मुम्बईसामु १६३ रनको लक्ष्य प्रस्तुत, धवनको अर्धशतक

विराटनगर, २५ असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले साविकको विजेता मुम्बई इन्डियन्सलाई १ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार शेख जायद स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभर खेल्दा ४ विकेटको क्षतिमा १६२ रन बनायो ।

दिल्लीका लागि शिखर धवनले अर्धशतकीय पारी खेले । ५२ बल खेलेका उनले ६ चौका र एक छक्कको मद्धतले ६९ रन बनाए । धवनले आईपीएलमा सयाैं छक्का पनि पूरा गरे ।

यस्तै कप्तान श्रेयस अय्यरले ४२ रन बनाउँदा अजिन्क्या रहानेले १५ तथा एलेक्स क्यारीले अजिवति १४ रन जाेडे । मार्कुस स्टोइनिसले १३ रन जोड्दा पृथ्वी श ५ रनमा आउट भए ।

मुम्बईका क्रुनाल पाण्ड्याले दुई विकेट लिँदा ट्रेन्ट बल्टले एक विकेट लिए ।