Rumpum Advertisement

विराट साहित्य संगमद्वारा दुई साहित्यकार सम्मानित

Neuro Revised Adv
Koshi Dashain ad
विराट साहित्य संगमद्वारा दुई साहित्यकार सम्मानित

विराटनगर, २५ असोज । विराट साहित्य संगम विराटनगरले दुई जना साहित्यका विभिन्न विधामा योगदान पु¥याउने स्रष्टाहरुलाई सम्मान गरेको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा नवलपरासीकी साहित्यकार भगवती पाण्डेलाई नगद ११ हजार ६ सय ६६ रुपैयाँसहित सम्मान गरेको हो । यमुनादेवी–वैजनाथ भट्टराई स्मृति विराट साहित्य संगम पुरस्कारबाट पाण्डेलाई सम्मान गरिएको हो ।

त्यस्तै संगम मासिक पत्रिकामा नियमित रचनाहरु प्रकाशन गरी सहयोग गर्ने सुनसरी इनरुवाका साहित्यकार खेमराज खनाल (खखेरा) लाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

खखेरालाई दोसल्ला ओढाएर नगद २ हजार ५ सय रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

दुवैजना स्रष्टालाई प्राध्यापक हरिहर भण्डारी, आयोजक संस्थाका अध्यक्ष ऋतु आसिक, कविता चापागाईंलगायतले सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ