Rumpum Advertisement

‘लक्ष्मी बम’ को ट्रेलरले राख्यो रेकर्ड, पायो सबैभन्दा धेरै भ्यूज

Neuro Revised Adv
Koshi Dashain ad
‘लक्ष्मी बम’ को ट्रेलरले राख्यो रेकर्ड, पायो सबैभन्दा धेरै भ्यूज

विराटनगर, २५ असोज । शुक्रबार अभिनेता अक्षय कुमार र अभिनेत्री कियरा आडवाणीको मुख्य भूमिका रहेको फिल्म ‘लक्ष्मी बम’ को ट्रेलर सार्वजनिक भएको थियो ।

ट्रेलर सार्वजनिक भएको २४ घण्टाभित्र लक्ष्मी बम भारतमा ७ करोड बढी भ्यूसहित सबैभन्दा धेरै हेरिएको फिल्मको ट्रेलर बन्न सफल भएको छ ।

हरर कमेडीमा एक तेस्रो लिङ्गी व्यक्तिको भूमिका निर्वाह गरेका अक्षयको अभिनय र फिल्मको ट्रेलरलाई दर्शकले निकै रुचाइरहेका छन् ।

करण जोहर, तापसी पन्नू, भूमि पेडनेकर, कृति सेनन, सिद्धार्थ मल्होत्रा, वरुण धवन र अन्य थुप्रैले ट्रेलर रुचाएका छन् भने सोसल मिडियामा पनि यसबारे निकै चर्चा भइरहेको छ ।

तर, केहि दिनअघि अक्षयले बलिउडको ड्रग्स मुद्दाको बारेमा अभिव्यक्ति दिएको कारण ट्वीटर प्रयोगकर्ताहरूको केही सेक्सनले लक्ष्मी बमलाई बहिष्कार गर्ने ट्रेन्ड चलाइरहेका छन् ।

‘लक्ष्मी बम’ हरर कमेडी तमिल ब्लकबस्टर फिल्म मुनी २: कञ्चनाको रिमेक हो । हिन्दी भर्जनको फिल्मलाई राघव लरेन्सले निर्देशन गरेका हुन् ।

फिल्ममा अक्षय र कियराका साथ तुषार कपूर, शरद केलकर, अश्विनी कलसेकरलगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । फिल्म हटस्टार डिस्नी प्लसबाट ९ नोभेम्बरमा रिलिज हुने भएको छ ।