Rumpum Advertisement

रियान र राहुलको उत्कृष्ट प्रदर्शनमा हैदराबादमाथि राजस्थानको जित

Neuro Revised Adv
Koshi Dashain ad
रियान र राहुलको उत्कृष्ट प्रदर्शनमा हैदराबादमाथि राजस्थानको जित

विराटनगर, २५ असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादमाथि जित निकालेको छ । आइतबार भएको खेलमा राजस्थानले हैदराबादमाथि पाँच विकेटको जित निकालेको हो ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा हैदराबादले दिएको १५९ रनको लक्ष्य पछ्याएको राजस्थानले एक बल बाँकी छँदा पाँच विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

राजस्थानका लागि राहुल टेवाटियाले अजिवित ४५ रन बनाउँदा रियान परागले नटआउट ४२ रन जोडे ।

सञ्जु सामसनले २६ रन बनाउँदा रोविन उठप्पाले १८ तथा जोस बट्लरले १६ रन बनाए । कप्तान स्टिभ स्मिथ तथा बेन स्टक्सले समान ५ रन जोडे ।

हैदराबादका खलील अहमद र रशिद खानले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको थियो ।

हैदराबादका लागि मनिष पाण्डेले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका मनिषले ३ चौका र ३ छक्काको सहायतामा ५४ रन जोडे । यस्तै कप्तान डेभिड वार्नरले ४८ रन जोडे ।

यसैगरी केन विलियम्सनले २२ रन बनाउँदा जोनी बेरस्टोले १६ तथा प्रियम गार्गले १५ रन बनाए ।

राजस्थानका जोफ्रा अर्चर, कार्तिक त्यागी र जयदेव यादवले समान १–१ विकेट झारे ।

जितसँगै ७ खेलमा ६ अंक जोड्दै राजस्थान तालिकाको छैटौं स्थानमा उक्लिएको छ । हैदराबाद भने ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ