Rumpum Advertisement

विराटनगरमा घरमै बसेका संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरमा घरमै बसेका संक्रमितको मृत्यु

विराटनगर, २५ असोज । कोरोना संक्रमणका कारण विराटनगरमा होम आइसोलेशनमा एक जनाको मृत्यु भएको छ ।

नौ दिनदेखि होम आइसोलेशनमा रहेका विराटनगर महानगरपालिका–२ का कोरोना संक्रमित एक पुरुषको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

आइतबार दिउँसो विराटनगर–२ का ५२ वर्षीय पुरुषको मृत्यु भएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए ।

उनका अनुसार गत असोज १६ गते पीसीआर रिपोर्ट पोजेटिभ आएपछि पुरुषलाई होम आइसोलेशनमा राखिएको थियो ।

पिसाब बन्द भएर श्वासप्रश्वासमा पनि समस्या देखिएपछि उनलाई उपचारका लागि मोरङको टंकीसिनवारीस्थित विराट शिक्षण अस्पताल लगिएको थियो । तर बाटैमा संक्रमित पुरुषको मृत्यु भएको जानकारी पौडेलले दिए ।

अस्पतालको गेटमा रोकेर चिकित्सकले सोधीखोजी गर्दा एम्बुलेन्सभित्रै मृत्यु भइसकेको उनको भनाइ छ ।

बिहान ११ बजेतिर श्वास फेर्न गाह्रो भएपछि परिवारका सदस्यले घरमै अक्सिजन ल्याएर दिए पनि झन् समस्या बढ्दै गएपछि अस्पताल लगेका थिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ