Rumpum Advertisement

प्रदेशमा दस हजार नाघे संक्रमित, १०३ को मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेशमा दस हजार नाघे संक्रमित, १०३ को मृत्यु

विराटनगर, २५ असोज । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । संक्रमण व्यापक रहेको प्रदेश १ मा आइतबार संक्रमितको संख्या १० हजार नाघेको हो । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि एक सय नाघेको छ ।

आइतबारसम्म कोरोना संक्रमितको संख्या दस हजार ३ सय पुगेको हो । संक्रमणका कारण मृत्यु हुनेको संख्या १०३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप सातजना संक्रमितको मृत्युभएसँगै मृतकको संख्या १ सय ३ पुगेको हो । मृतकमध्ये प्रदेश १ स्थायी ठेगाना भएका ८७ र अन्य प्रदेशका १५ जना रहेको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा. सरोज विसालले जानकारी दिए ।

प्रदेश १ को मोरङका ४५, सुनसरीका २९, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका १–१ जनाको मृत्यु भएको हो ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १०४ जनाको पीसीआर परीक्षण गर्दा १३२ महिला र २७७ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङमा २३६, सुनसरीमा ९७, झापामा ४०, उदयपुरमा ८, इलाम, पाँचथर र सोलुखुम्बुमा २–२, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये डिस्चार्ज हुनेको संख्या ४ हजार ८१२ पुगेको छ ।

प्रदेश १ मा आजसम्म १ लाख ३७ हजार ५ सय १७ जनाको .कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ८ वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ