Rumpum Advertisement

दाहाल आत्महत्या प्रकरण : सहमति कार्यान्वयन गर्न नेकपाको माग

Neuro Revised Adv
Koshi Dashain ad
दाहाल आत्महत्या प्रकरण : सहमति कार्यान्वयन गर्न नेकपाको माग

विराटनगर, २५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उर्लाबारी नगर कमिटीले उर्लाबारी–५ का मुक्तिनाथ दाहालको आत्महत्या घटनाको विषयमा असोज २० गते भएको सहमतिलाई तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।

मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले झापाको दमक नगरपालिका–४ ताराबारीमा सञ्चालन गरेको बहुप्राविधिक शिक्षालयमा कार्यरत लेखा तथा प्रशासन अधिकृत दाहालले १९ असोजमा शिक्षालयको कक्षाकोठाभित्रै आत्महत्या गरेका थिए । उनी नेकपा उर्लाबारी नगर कमिटी सदस्य पनि हुन् ।

पार्टीको वडा नम्बर ५ का इन्चार्जसमेत रहेका दाहालले गरेको आत्महत्याका विषयमा २० असोजमा पार्टीका नेता, प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालसहित पदाधिकारी, स्थानीय सरकार, प्रदेश सरकारका प्रतिनिधि, नागरिक समाजका साथै पीडित परिवारसमेत बसेर गरिएको सहमतिलाई तत्काल कार्यान्वयन गर्न नेकपा उर्लाबारीले माग गरेको हो ।

नेकपा उर्लाबारीले उक्त घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय र दोषीमाथि कारबाही गर्नका लागि विशेषज्ञसहितको उच्चस्तरीय छानबिन समिति बनाउन प्रदेश सरकारसँग माग गर्नुका साथै नगर कमिटीको तर्फबाट सात सदस्यीय दबाब समितिसमेत गठन गर्ने घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ