Rumpum Advertisement

कोभिडको प्रसार रोक्ने उपायमा महिलाहरू बढी ध्यान दिन्छन्

Neuro Revised Adv
Koshi Dashain ad
कोभिडको प्रसार रोक्ने उपायमा महिलाहरू बढी ध्यान दिन्छन्

विराटनगर, २५ असोज । महिलाहरूले मास्क लगाउने, सामाजिक दूरी अपनाउनेलगायतका कोभिड १९को प्रसार रोक्न अन्य उपायहरूमा राम्रो ध्यान दिने अध्ययनले देखाएको छ ।

न्यू योर्क युनिवर्सिटी र एल विश्वविद्यालयका अन्वेषकहरूले सर्वेक्षण डाटा, सडक अवलोकन र स्मार्टफोन चालको विश्लेषण जाँच गरेपछि पुरुषको तुलनामा महिलाले यी महत्त्वपूर्ण बानीहरूलाई अपनाइरहेका छन् ।

बिहेबियर साइन्स एण्ड पलिसी नामक जर्नलमा प्रकाशlत अध्ययनमा महिलाहरूले कोभिड रोकथामका उपायहरू राम्रोसँग अपनाउनुका साथै, कोभिडको चिन्ता धेरै गर्ने र विशेषज्ञहरूको कुरा सुन्ने सम्भावना बढी रहेको देखाएको छ ।

आठ सय जनाको सर्वेक्षणका अनुसार पुरुषको तुलनामा महिलाले सामाजिक दूरी अपनाउने, घरमै बस्ने, पटक-पटक हात धुने तथा परिवार र साथीसँग कम मिसिने गर्छन् ।

अनुसन्धानकर्ताहरूले ५५ प्रतिशत महिलाको तुलनात्मक रूपमा ३८ प्रतिशत पुरुषहरूले मास्क लगाएको बताएका छन् ।

न्यूयोर्क युनिभर्सिटीको साइकोलोजी डिपार्टमेन्टमा पोस्ट डक्टोरल अनुसन्धानकर्ता र प्रमुख लेखक इरमक ओल्काइसोए ओक्टेनका अनुसार महिला स्वास्थ्यसम्बन्धी आवश्यकतामा पनि बढी ध्यान दिने गर्छन् ।

पछिल्ला केही अध्ययनले महिला पुरुषको तुलनाभन्दा राम्रोसँग हात धुन्छन् भन्ने कुरा देखाएका थिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ