Rumpum Advertisement

राष्ट्र बैंकले भन्यो : यो दसैंमा नयाँ नोट वितरण हुँदैन

Neuro Revised Adv
Koshi Dashain ad
राष्ट्र बैंकले भन्यो : यो दसैंमा नयाँ नोट वितरण हुँदैन

काठमाडौं, २५ असोज । नेपाल राष्ट्र बैंकले यो वर्षको दसैंमा नयाँ नोट वितरण नहुने जनाएको छ ।

आइतबार सूचना निकालेर राष्ट्र बैंकले कोरोना भाइरसको महामारीका कारण यो वर्षको दसैंमा नयाँ नोट वितरण नहुने जनाएको हो ।

नयाँ नोट सटहीका क्रममा भीडभाड हुनसक्ने र कोरोना संक्रमणको जोखिम रहेकाले नोट वितरण नगर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।