Rumpum Advertisement

मनिषको अर्धशतकमा हैदराबादले राजस्थानलाई दियो १५९ रनको लक्ष्य

Neuro Revised Adv
Koshi Dashain ad
मनिषको अर्धशतकमा हैदराबादले राजस्थानलाई दियो १५९ रनको लक्ष्य

विराटनगर, २५ असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई १५९ रनको लक्ष्य दिएको छ ।

आइतबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको हो ।

हैदराबादका लागि मनिष पाण्डेले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका मनिषले ३ चौका र ३ छक्काको सहायतामा ५४ रन जोडे । यस्तै कप्तान डेभिड वार्नरले ४८ रन जोडे ।

यसैगरी केन विलियम्सनले २२ रन बनाउँदा जोनी बेरस्टोले १६ तथा प्रियम गार्गले १५ रन बनाए ।

राजस्थानका जोफ्रा अर्चर, कार्तिक त्यागी र जयदेव यादवले समान १–१ विकेट झारे ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ