Rumpum Advertisement

प्रभास र दीपिकाको फिल्ममा अमिताभ अनुबन्धित

Neuro Revised Adv
Koshi Dashain ad
प्रभास र दीपिकाको फिल्ममा अमिताभ अनुबन्धित

विराटनगर, २५ असोज । बाहुबली अभिनेता प्रभास र अभिनेत्री दीपिका पादुकोणको मुख्य भुमिका रहने फिल्ममा अभिनेता अमिताभ बच्चनको प्रवेश भएको छ ।

व्याजयन्ती मुभिजले यूट्युबमा एक भिडियो सार्वजनिक गर्दै फिल्ममा अमिताभ बच्चनको अनुबन्धित भएको जानकारी गराएको हो ।

सार्वजनिक भिडियोमा अमिताभ बच्चनले फिल्महरूमा निर्वाह गरेको भूमिकाको झलक देखाइएको छ । साथै, पौराणिक फिल्म बनाउन प्रयास गर्दा महानायक अमिताभ बच्चनविना बनाउन नसकिने लेखिएको छ ।

फिल्ममा अमिताभको मुख्य भूमिका रहने छ । नाग अश्विनले निर्देशन गर्ने फिल्ममा प्रभास र दीपिकासँग पहिला नै सम्झौता गरिसकेको थियो ।

साउथ इन्डियन फिल्म प्रोडक्सन हाउस व्याजयन्ती मुभिजका अनुसार, तत्काललाई फिल्मको नाम ‘प्रभास २१’ राखिएको छ । फिल्मका लागि प्रभासले ५० करोड र दीपिकाले २० करोड पारिश्रमिक बुझेको बताइएको छ ।

ठूलो बजेटको साइन्स फिक्सन बन्ने फिल्म वर्ल्ड वार ३ को कथामा आधारित हुनेछ । कोभिडको अवस्था सामान्य भएसँगै फिल्मको प्रि-प्रडक्सनको काम सुरु हुने भएको छ । विभिन्न भाषामा रिलिज हुने फिल्मलाई सन् २०२२ मा संसारभर एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ