Rumpum Advertisement

पीएसजीले अझै बिर्सिन सकेको छैन रोनाल्डोलाई

Neuro Revised Adv
Koshi Dashain ad
पीएसजीले अझै बिर्सिन सकेको छैन रोनाल्डोलाई

विराटनगर, २५ असोज । केही समयअघि फ्रेन्च च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पोर्चुगिज स्टार खेलाडी क्रिस्टिायानो रोनाल्डो अनुबन्ध गर्ने इच्छा राखेको बताइएको थियो ।

तर, रोनाल्डोले आफू इटालियन क्लब युभेन्टसमै रहने बताएपछि यो कुरा केही हदसम्म सेलाएको पनि थियो । तर, ‘क्यास्लियोमेर्काटो’ नामक मिडियाका अनुसार पीएसजी अझै पनि रोनाल्डोलाई अनुबन्ध गर्न इच्छुक रहेको छ ।

खबरका अनुसार पीएसजीले पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डो अनुबन्ध गर्नका लागि आन्तरिक छलफल थालेको छ । विशेषगरी फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले क्लब छोड्ने मनसाय देखाएपछि उनको स्थानमा रोनाल्डो ल्याउने विचारमा पीएसजी रहेको बताइएको छ ।

तथापि, कोरोना महामारीका कारण क्लबको आर्थिक अवस्था समस्यामा परेका बेला ३५ वर्षीय रोनाल्डोलाई अनुबन्ध गर्न पीएसजीलाई कठिन नै पर्नेछ । रोनाल्डो सन् २०१८ मा ११७ मिलियन युरोमा रियल मड्रिडदेखि युभेन्टस सरुवा भएका थिए ।