Rumpum Advertisement

ह्वाइट हाउसको बार्दलीबाट ट्रम्पको सम्बोधन

Neuro Revised Adv
Koshi Dashain ad
ह्वाइट हाउसको बार्दलीबाट ट्रम्पको सम्बोधन

वासिङ्टन, २५ असोज । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको बार्दली (बाल्कोनी)बाट सम्बोधन गरेका छन् ।

शनिबार साँझ ट्रम्पले कोरोना संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई सम्बाेधन गरेका हुन् ।

राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरूले उनीबाट कोरोना संक्रमणको जोखिम नरहेको दाबी गरेका छन् ।

राष्ट्रपति ट्रम्पलाई गत अक्टोबर २ तारिखमा कोरोनाभाइरस संक्रमण पुष्टी भएसँगै अमेरिकी सैनिक अस्पतालमा उपचार गरिएको थियो ।

राष्ट्रपति ट्रम्पका निजी चिकित्सक फिजिसियन डा सिन कोन्लेले ट्रम्पको शनिबार गरिएको परीक्षणमा कोरानाका लक्षणहरू नदेखिएको र उनी पूर्ण स्वस्थ रहेको बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ