Rumpum Advertisement

काभ्रेमा एक कोरोना संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
काभ्रेमा एक कोरोना संक्रमितको मृत्यु

काभ्रेपलान्चोक, २५ असोज । कोरोना भाइरस संक्रमणका कारण काभ्रेमा एक पुरुषको मृत्यु भएको छ ।

धुलिखेल नगरपालिका–११ पात्लेखेतका एक पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । यससहित कोरोना संक्रमणका कारण काभ्रेपलाञ्चोकमा चार महिला र पाँच पुरुषको मृत्यु भएको छ ।

कोरोना संक्रमण भएपछि ५२ वर्षीय ती पुरुषलाई दुई हप्ताअघि उपचारार्थ धुलिखल अस्पतालमा भर्ना गरिएको थियो । पुरुषमा ‘क्रोनिक अल्कोहलिक लिभर डिजिज’ समेत भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा आज बिहान ६ बजे अस्पतालमा उनको निधन भएको वडाध्यक्ष विष्णु धितालले बताए ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका ९५८ मा कोरोना संक्रमण देखिएको छ । कूल संक्रमितमध्ये नौको मृत्यु भएको छ भने ५८५ उपचारपछि घर फर्किएका छन् । तीन सय ६५ सक्रिय संक्रमितमध्ये ११० जना अस्पतालको आइसोलेसन र २५५ जना होम आइसोलेसनमा उपचाररत छन् ।

यसैबीच काभ्रेपलाञ्चोकका १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त अवस्थामा छन् । बेथानचोक, तेमाल र खानीखोला गाउँपालिका कोरोनामुक्त भएका हुन् । हाल जिल्लाकै कूल सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी ३७ प्रतिशत अर्थात् १३५ संक्रमित बनेपा नगरमा छन् ।

सबैभन्दा कम चौँरीदेउराली गाउँपालिकामा एक पुरुष छन् । हाल सक्रिय संक्रमितमध्ये धुलिखेलमा ११२, पनौतीमा १८, पाँचखालमा ३४, नमोबुद्धमा २६, मण्डनदेउपुरमा १०, भुम्लु गाउँपालिकमा तीन, रोशीमा १० र महाभारत गाउँपालिकामा तीन छन् ।