Rumpum Advertisement

काठमाडौं उपत्यकामा आज १४ सय १६ संक्रमित थपिए

Neuro Revised Adv
Koshi Dashain ad
काठमाडौं उपत्यकामा आज १४ सय १६ संक्रमित थपिए

काठमाडौं, २५ असोज । काठमाडौं उपत्यकामा आइतबार थप १४ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४ सय १६ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका ११ सय ४५ जना, भक्तपुरका ११० जना र ललितपुरका १६१ जना रहेका छन् ।

आइतबार थप दुई हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ ।

आज थप १५ सय ५२ जना कोरोना भाइरस संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै कोरोना जित्नेको संख्या ७५ हजार ८०४ पुगेको छ । कुल संक्रमितमध्ये ७०.३ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयले जनाएकाे छ ।

आज एकै दिन २२ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ६३६ पुगेकाे छ ।