Rumpum Advertisement

आइतबार थप दुई हजार ७१ जनामा कोरोना पुष्टि

Neuro Ad
आइतबार थप दुई हजार ७१ जनामा कोरोना पुष्टि

विराटनगर, २५ असोज । नेपालमा आइतबार थप दुई हजार ७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४२७ जनाको परीक्षणमा थप दुई हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि जानकारी दिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ ।

आइतबार थप १५ सय ५२ जना कोरोना भाइरस संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै कोरोना जित्नेको संख्या ७५ हजार ८०४ पुगेको छ । कुल संक्रमितमध्ये ७०.३ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयले जनाएकाे छ ।

आज एकै दिन २२ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ६३६ पुगेकाे छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ