Rumpum Advertisement

आज थप १५ सय ५२ जनाले कोरोना जिते

Neuro Revised Adv
Koshi Dashain ad
आज थप १५ सय ५२ जनाले कोरोना जिते

विराटनगर, २५ असोज । नेपालमा आइतबार थप १५ सय ५२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १५ सय ५२ जना कोरोनामुक्त भएको जानकारी दिएको छ ।

यससँगै कोरोना जित्नेको संख्या ७५ हजार ८०४ पुगेको छ । कुल संक्रमितमध्ये ७०.३ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयले जनाएकाे छ ।

आइतबार थप दुई हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ ।

आज एकै दिन २२ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ६३६ पुगेकाे छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ