Rumpum Advertisement

सत्तापक्षकै सांसदद्वारा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

Neuro Revised Adv
Koshi Dashain ad
सत्तापक्षकै सांसदद्वारा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत, २५ असाेज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सरकारलाई सत्तापक्षकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

सत्तापक्षकै १८ जना सांसदले आइतबार नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावगंज शाहलाई अविश्वास प्रस्ताव बुझाएका हुन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ सांसद छन् ।

पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्ती मगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह, धर्मराज रेग्मीलगायतले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेश सरकारको कार्यशैली प्रति असन्तुष्टि राख्दै आएका सत्तापक्षकै सांसदहरुले लामो समयदेखि मुख्यमन्त्री परिवर्तनको विषय उठाउँदै आएका थिए ।

मुख्यमन्त्री शाहीको कार्यशैलीलाई लिएर नेकपाभित्र पटक-पटक विवाद हुँदै आएको छ । तत्कालीन नेकपा एमालेको बहुमत रहेको कर्णालीमा पार्टी एकीकरणले मुख्यमन्त्री तत्कालिन माओवादीको भागमा परेको थियो ।

यता प्रमुख सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताए ।

हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका पाँच जना सांसद छन् । तत्कालीन नेकपा एमालेको बहुमत रहेको कर्णाली प्रदेशमा दुई पार्टीको एकीकरणपछि मुख्यमन्त्री तत्कालीन माओवादीको भागमा परेको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ