Rumpum Advertisement

नाकमा देखिने यी दुई लक्षण कोभिडको संकेत हुन सक्छ

Neuro Revised Adv
Koshi Dashain ad
नाकमा देखिने यी दुई लक्षण कोभिडको संकेत हुन सक्छ

विराटनगर, २५ असोज । लकडाउन पछिकाे समयमा मानिस घरबाट बाहिर निस्किने क्रम बढेकाले संक्रमित संख्या बढ्दाे छ ।

महामारीकाे सुरुवाती अवस्थामा सास फेर्दा गाह्रो हुने, ज्वरो तथा सुख्खा खोकीलाई कोभिड १९ को पहिलो संकेत मानिन्थ्यो । तर, कोभिड १९ काे लक्षण व्यक्ति अनुसार फरक फरक देखिन थालेकाे छ । नाकबाट पानी बग्ने वा नाक बन्द हुने कोरोना भाइरसका लक्षण होइनन्, तर केही संक्रमितले भने नाक बन्द हुने र नाकबाट सिँगान र पानी बग्ने लक्षण देखिएकाे रिपोर्ट गरिरहेका छन् ।

संक्रमण भएको सामान्य अवस्थामा मानिसमा ज्वरो, खोकी, गन्ध हराउनेलगायतका अन्य लक्षण नभएकाे अवस्थामा नाकबाट पानी बग्ने र नाक बन्द हुने लक्षण देखापर्न सक्छ । जसलाई फ्लू वा सामान्य रुघा सोचेर बेवास्ता गरिन्छ ।

नाकबाट पानी बग्ने तथा बन्द भएमा रुघा, फ्लू वा कोभिड भनेर छुट्याउन गाह्रो हुन सक्छ । त्यसैले पानी बग्ने तथा बन्द हुने समस्या देखिए सतर्कता अपनाउनुपर्छ ।

नाकमा देखिने यी दुई समस्या(बन्द हुनेर पानी,सिगान बग्ने) बाहेक सुक्खा खोकी, ज्वरो, थकान र सास फेर्ने गाह्रो महसुस हुँदैछ भने संक्रमण भएको हुन हुन्छ ।

प्राय फ्लु वा साधारण चिसो भएमा सास फेर्न गाह्रो हुँदैन । तर, कोभिड १९ संक्रमणमा सास फेर्न गाह्रो हुनु सामान्य लक्षण हो । चिसो वा फ्लू जस्तो लक्षण (नाकबाट पानी बग्ने तथा नाक बन्द हुनेसहित) को देखिए कोभिडको शंका गर्दै सावधानी अपनाउनु पर्छ ।

सामान्य लक्षणसहितका संक्रमितले पनि अरुलाई उच्च जोखिममा राखिरहेको हुन्छन् ।