Rumpum Advertisement

कोरोना खोपका लागि मेक्सिकोले डब्लूएचओलाई बुझायो १ सय ६० मिलियन

Neuro Ad
कोरोना खोपका लागि मेक्सिकोले डब्लूएचओलाई बुझायो १ सय ६० मिलियन

विराटनगर, २५ असोज । कोभिड १९ विरुद्धको खोपका लागि मेक्सिकोले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई १ सय ६० मिलियन डलर बुझाएको छ ।

कोभ्याक्स कार्यक्रमअन्तर्गत खोप उपलब्ध गराउन मेक्सिकोले डब्लूएचओलाई १६ करोड डलर बुझाएको हो । कोरोना भाइरसविरुद्धको खोप अभियान कोभ्याक्समार्फत् विश्वभरिका अधिकांश देशले साझा विकास र उचित वितरणका लागि सहभागिता जनाएका छन् ।

मेक्सिको सरकारले डब्लूएचओको कोभ्याक्स कार्यक्रममा गत महिना सहभागिता जनाएको थियो । मेक्सिकोको परराष्ट्र मन्त्रालयका अनुसार डब्लूएचओलाई गरेको पछिल्लो भुक्तानीले मेक्सिकोलाई १२ करोडभन्दा धेरै जनसंख्यामध्ये पाँच भागको एक भाग जनसंख्याका लागि पर्याप्त मात्रामा खोप पाउने छ । साथै, मेक्सिकोले देशका थप जनसंख्याका लागि पनि खोप उपलब्ध गराउन प्रक्रिया अघि बढाइरहेको छ ।

मेक्सिकोमा कोरोना भाइरसका कारण संक्रमितको संख्या ८ लाख १० हजारभन्दा धेरै पुगिसकेको बेला ८३ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ