Rumpum Advertisement

डा. केसीसँगको सहमति कार्यान्वयन गर्न कांग्रेसको माग

Neuro Revised Adv
Koshi Dashain ad
डा. केसीसँगको सहमति कार्यान्वयन गर्न कांग्रेसको माग

काठमाडौ, २५ असोज । नेपाली कांग्रेसले डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै कांग्रेसले विगतका सहमति उल्लंघन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत् यही असोज २४ गते मध्यरातमा गरिएको आठ बुँदे सहमति इमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न सरकारलाई सजगता समेत गराएका छन् ।

उनले कांग्रेस नेतृत्वकोे अघिल्लो सरकारले डा. केसीका माग पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा. केसीसँगको अघिल्लो सहमति उल्लंघन गर्नुको कारण पछिल्लो द्वन्द्व सिर्जनासमेत भएको उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ