Rumpum Advertisement

घाँटीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
घाँटीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

झापा, २५ असोज । झापामा खुकुरीले घाँटीमा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । आफ्नै श्रीमतीको हत्या आरोपमा झापाको कमल गाँउपालिका–२ त्रिवेणी चौकका ३४ वर्षीय रामजी थापा पक्राउ परेका हुन् ।

शनिबार साझँ पौने ६ बजे थापाले २४ वर्षीया आफ्नै श्रीमती रिता थापाको हत्या गरेको पाइएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरायसी विषयमा विवाद हुँदा एक्कासी थापाले आफ्नै श्रीमती रितालाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

थापालाई तत्काल पक्राउ गरी कर्तव्य ज्यानअन्तर्गत मुद्दामा कानूनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ