Rumpum Advertisement

विराटनगरको न्युरो अस्पतालमा संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरको न्युरो अस्पतालमा संक्रमितको मृत्यु

विराटनगर, २५ असोज । उदयपुर घर भएका कोरोना भाइरस संक्रमित एक वृद्ध पुरुषको विराटनगरस्थित न्युरो अस्पतालमा आइतबार बिहान मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–१० का ६६ वर्षीय वृद्धको बिहान ५ः३० बजेतिर मृत्यु भएको अस्पतालका प्रशासकीय अधिृकत सुरेश आचार्यले बताए । निमोनियाको आशंका गरेर वृद्धलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । आचार्यका अनुसार स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा शनिबार रिपोर्ट पोजेटिभ आएपछि न्युरोकै कोभिड अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।

उपचारकै क्रममा कोभिड अस्पतालको आइसोलेसनमा वृद्धको मृत्यु भएको हो । मृतकमा मधुमेह र श्वासप्रश्वाससम्बन्धी पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।