Rumpum Advertisement

१५ अक्टुबरमा भारतका सिनेमा हल खुलेसँगै मोदीको फिल्म पुन रिलिज हुने

Neuro Ad
१५ अक्टुबरमा भारतका सिनेमा हल खुलेसँगै मोदीको फिल्म पुन रिलिज हुने

विराटनगर, २५ असोज । १५ अक्टुबरदेखि भारतका सिनेमा हलहरू खुलेसँगै फिल्म ‘पिएम नरेन्द्र मोदी’ पुन रिलिज हुँने भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म लकडाउनपछि रिलिज हुने भारतको पहिलो फिल्म हुनेछ । सामाजिक सञ्जालमार्फत् बायोपिकको पुनः रिलिज मिति घोषणा गर्दै फिल्म निर्माता संदीप सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी देशका सर्वश्रेष्ठ प्रधानमन्त्री भएको लेखेका छन् ।

हलहरू फेरि खुेलपछि सबैभन्दा प्रेरणादायी कथा हेर्नु उत्तम हुने उनको भनाइ छ । अघिल्लो वर्ष मेमा रिलिज भएको फिल्ममा अभिनेता विवके ओबरायले मोदीको भूमिका निर्वाह गरेका छन् । केही राजनीतिक एजेन्डाको कारणले पहिलो रिलिजमा फल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको थिएन ।

फिल्ममा विवेकका साथ बोमन इरानी, मनोज जोशी, बरखा सेन गुप्ता, प्रशान्त नारायण र जरिना वहावलगायतको पनि अभिनय छ । ओमंग कुमारको निर्देशन तथा सन्दिप सिंह, सुरेश ओबराय र आनन्द पण्डितद्वारा निर्मित फिल्ममा मोदीको राजनीतिक यात्रा देखाइएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ