Rumpum Advertisement

माइक्रोसफ्टका कर्मचारीले स्थायीरुपमै घरबाट काम गर्न पाउने

Neuro Ad
माइक्रोसफ्टका कर्मचारीले स्थायीरुपमै घरबाट काम गर्न पाउने

विराटनगर, २५ असोज । माइक्रोसफ्ट कम्पनीले आफ्ना कर्मचारीहरूलाई स्थायीरूपमा घरबाट काम गर्ने अनुमति दिएको छ ।

माइक्रोसफ्ट पहिलो कर्पोरेट कम्पनीहरूमध्ये एक हो जसले कोरोना भाइरस महामारीको सुरूवातमा कामदारहरूलाई घरबाट काम गर्ने अनुमति दिएको थियो । अब भने माइक्रोसफ्टका अनुसार अनलाइनबाटै काम गर्न सकिनेखालको कर्मचारीहरूले स्थायीरुपमै घरबाट काम गर्न पाउने छन् । साथै, अन्य कर्मचारीले आफ्नो ५० प्रतिशतभन्दा बढी समय घरबाटै काम गर्न सक्ने बताइएको छ । तर, यी दुवैको लागि आफ्नो म्यानेजरबाट स्वीकृति लिनुपर्ने हुन्छ ।

माइक्रोसफ्टले हार्डवेयर ल्याव, डेटा सेन्टर र इन–पर्सनल ट्रेनिङमा भने त्यस किसिमको सुविधा उपलब्ध नहुने जनाएको छ । स्थायीरुपमा वर्क फ्रम होम गर्न नचाहने कर्मचारीले आंशिक समय कार्यालय र आंशिक समय घरबाटै काम गर्नसमेत पाउनेछन् । माइक्रोसफ्टका अनुसार कर्मचारीले चाहेको अवस्थामा उनीहरूले आफ्नो लोकेसन परिवर्तन गरेर पनि काम गर्न सक्ने छन् । कोभिड संक्रमणका कारण अहिलेको अवस्थामा धेरैजसो कार्यालयमा वर्क फ्रम होम चलिरहेको छ ।

माइक्रोसफ्टले मार्च महिनादेखि नै कामदारहरूलाई घरमा काम गर्न अनुमति दिएको थियो । साथै, फेसबुक र ट्विटरलगायतले आफ्ना केही कामदारहरूलाई आफ्नो पोष्ट र कामअनुसार भविष्यमा सधैंका लागि घरबाट काम गर्न सक्ने अनुमति दिने बताएको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ