Rumpum Advertisement

अभिषेक चम्किँदा मोहम्मेदनको शानदार जित

Neuro Ad
अभिषेक चम्किँदा मोहम्मेदनको शानदार जित

विराटनगर, २५ असोज । नेपाली राष्ट्रिय फुटबल टोली फरवार्ड अभिषेक रिजाल सम्मिलित मोहम्मेदन स्पोर्टिङ क्लबले आईलिग छनोटमा दोस्रो जित निकालेको छ ।

आइतबार भएको दोस्रो खेलमा मोहम्मेदनले एआरए एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै मोहम्मेदनले लगातार दोस्रो जित निकालेको हो ।

कोलकत्ताको बिवेकानन्द युवा भारती मैदानमा भएको खेलमा मोहम्मेदनलाई जिताउन अभिषेकले दुई गोल र एक असिस्ट गरे । यस्तै विलिस प्लाजा र एसके फयाजले एक एक गोल गरे ।

केही साताअघि एआरएमा अनुबन्ध भएका नेपाली यू-२३ टिममा सदस्य राजेश परियारले भने खेलको ८४औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

जितसँगै मोहम्मेदन शीर्ष स्थानमा उक्लिएको छ । २ खेलमा मोहम्मेदनले ६ अंक रहेको छ । एआरएले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ