Rumpum Advertisement

तस्करीका कपडा बरामद

Neuro Revised Adv
Koshi Dashain ad
तस्करीका कपडा बरामद

विराटनगर, २५ असोज । सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१८ जतुवाबाट आइतबार बिहान तस्करीका कपडा बरामद गरेको छ ।

भारतदेखि भन्सार छली गरेर ल्याउँदै गरेको एक लाख एक हजार पाँच सय मूल्य बराबरका कपडा सशस्त्रले नियन्त्रणमा लिएको हो । तस्करीमा संलग्नहरु प्रहरीलाई देख्नासाथ कपडा छाडेर भागेको बताइएको छ ।

बीओपी (बोर्ड आउट पोस्ट) रानीको टोलीले ९४ हजार पाँच सय बराबरको दुई सय ७० पिस टप्स सेट र सात हजार बराबरको १४ वटा कुर्त सलवारसमेतका कपडा नियन्त्रणमा लिएको हो । बरामद गरिएका तस्करीका कपडा सशस्त्रले कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।
(फोटो क्याप्सन ः सशस्त्र प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको तस्करीका कपडा । )