Rumpum Advertisement

संक्रमित वृद्ध महिलाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
संक्रमित वृद्ध महिलाको मृत्यु

चितवन, २५ असोज । जिल्लामा थप एकजना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

दम, उच्च रक्तचाप र निमोनियासम्बन्धी समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी उनको असोज २३ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भइरहेको समयमा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ