Rumpum Advertisement

एकै दिन थपिए पाँच हजार आठ कोरोना संक्रमित, १४ को मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
एकै दिन थपिए पाँच हजार आठ कोरोना संक्रमित, १४ को मृत्यु

विराटनगर, २४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशभरमा थप ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ । उनका अनुसार आज देशभरमा संस्थागत आइसोलेनमा १३ हजार ६४५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा यतिधेरै संक्रमित भेटिएर नयाँ रेकर्ड कायम भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । संक्रमितमध्ये ७४ हजार २५२ जना निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १,२२९ रहेको छ ।

यस्तै आज थप १४ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्य ६१४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ