Rumpum Advertisement

काठमाडौं उपत्यकामा आज १४ सय ९ संक्रमित थपिए

Neuro Revised Adv
Koshi Dashain ad
काठमाडौं उपत्यकामा आज १४ सय ९ संक्रमित थपिए

काठमाडौं, २३ असोज । काठमाडौं उपत्यकामा शुक्रबार थप १४ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४ सय ९ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका ११ सय १६ जना, भक्तपुरका १३० जना र ललितपुरका १६३ जना रहेका छन् ।

शुक्रबार थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ६७६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।

शुक्रबार थप १६ सय ८० जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै कोरोना जित्नेको संख्या ७३ हजार २३ पुगेको छ ।

संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । शुक्रबार थप १० जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ