Rumpum Advertisement

दोलखामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
दोलखामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

दोलखा, २३ असोज । दोलखामा पहिलो पटक कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सदरमुकाम चरिकोटमा बिहीबार बिहान करिब ३ बजेतिर एक जना महिलाको मृत्यु भएको हो ।

दोलखाको बैतेश्वर गाँउपालिका–७ घर भएकी ती महिलालाई बुधबार राति उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र चरिकोटमा ल्याइएको थियो ।

निमोनिया र श्वासप्रश्वासमा समस्या भएको ती महिलामा कोरोनाको समेत लक्षण देखिएपछि बुधबार राति नै पीसीआर परीक्षणका लागि धुलिखेल पठाइएकोमा बिहीबार उनको रिर्पोट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।

मृतक महिला १५ दिन अघिमात्र भारतबाट आएकी थिइन् । उपचारमा सुरुमै महिलामा कोरोना संक्रमणको आशंका गरिएकोले अस्पतालमा एक्लै राखेर उपचार गरिएकोले एउटा कोठामात्र सिल गरिने अस्पताल स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ