Rumpum Advertisement

जग्गा किन्ने बहानामा आएका लुटेराको कुटपिटबाट मृत्यु, सुनको सिक्री पनि लुटियो

Neuro Revised Adv
Koshi Dashain ad
जग्गा किन्ने बहानामा आएका लुटेराको कुटपिटबाट मृत्यु, सुनको सिक्री पनि लुटियो

भक्तपुर, २२ असाेज । जग्गा किन्ने बहानामा आएका दुई लुटेराको कुटपिटबाट जग्गा देखाउन गएका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी ६१ वर्षीय चन्द्रकुमार योञ्जन रहेका छन् ।

बुधबार साँझ चाँगुनारायण नगरपालिका–८ सुडालमा जग्गा हेर्न आएका दुई जनाले उनीमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते योञ्जनलाई मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि ग्रिनसिटी अस्पताल रिफर गरिएको थियो ।

उनकाे उपचारका क्रममा बिहीबार मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापाले जानकारी दिए ।

कुटपिट गर्ने अपरिचित व्यक्तिले योञ्जनलाई घाइते बनाएर साढे दुई तोलाको सुनको सिक्री लुटेर लगेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

कुटपिटपछि फरार दुई व्यक्तिको खोजी एवं अनुसन्धान भइरहेको बताइएको छ । रासस