Rumpum Advertisement

काठमाडौंमा २ हजार ८५ सहित उपत्यकामा २५ सय ४० संक्रमित थपिए

Neuro Revised Adv
Koshi Dashain ad
काठमाडौंमा २ हजार ८५ सहित उपत्यकामा २५ सय ४० संक्रमित थपिए

काठमाडौं, २२ असोज । काठमाडौं उपत्यकामा बिहीबार थप २५ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २५ सय ४० जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका २ हजार ८५ जना, भक्तपुरका १३५ जना र ललितपुरका ३२० जना रहेका छन् ।

यससँगै कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ७३ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २६ सय ७५ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

बिहीबार थप १२ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ५९० पुगेकाे छ ।