Rumpum Advertisement

डा. केसीको समर्थनमा नेविसंघ

Neuro Revised Adv
Koshi Dashain ad
डा. केसीको समर्थनमा नेविसंघ

काठमाडौ, २२ असोज । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनशनरत डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलई दवाव दिन भन्दै विरोध प्रदर्शन गरेको छ ।

नेविसंघले काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले गरिब जनताको पक्षमा आवाज उठाउने डा. केसीको माग तत्काल सरकारले पूरा गर्नुपर्ने बताए ।

तर सरकारले डा. केसीका माग पूरा गर्न गम्भीर नदेखिएको काफ्लेले बताए । सरकार आफ्नो पार्टीका नेताहरुको व्यवस्थापनका लागि पद बाँडफाँड गर्न तल्लीन भएकाले डा. केसीका माग सम्बोधन गर्न नचाहेको बताए ।

विरोध प्रदर्शनमा विद्यार्थी नेताहरु विभिन्न ब्यानरसहित उपस्थित भएका थिए । ‘डा. गोविन्द केसीको माग पूरा गर’, ‘मेडिकल माफिया मुर्दावाद’, ‘दुरदराजमा मेडिकल कलेज खै’ लगायत लेखिएका ब्यानर लिएर विद्यार्थीहरु उपस्थित भएका थिए ।