Rumpum Advertisement

टिकटकमा प्रहरीको पोशाक, अनुमति नलिई पोशाक प्रयोग गरे कारवाही

Neuro Revised Adv
Koshi Dashain ad
टिकटकमा प्रहरीको पोशाक, अनुमति नलिई पोशाक प्रयोग गरे कारवाही

विराटनगर, २२ असोज । नेपाल प्रहरीको पोशाक दुरुपयोग हुने क्रम बढेपछि प्रहरी प्रधान कार्यालयलले अनुमतिविना पोशाक प्रयोग नगर्न आग्रह गरेको छ ।

चलचित्र, टेलिचलचित्र, टिकटक, भिडियो, टेलिभिजन तथा स्टेज कार्यक्रममा अनुमतिविना पोशाक प्रयोग नगर्न आग्रह गरेको हो ।

प्रहरी प्रधान कार्यालयलले प्रहरीको पोशाक प्रयोग गर्नु परे प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचार–प्रसार इकाईबाट स्वीकृति लिन आग्रह गरेको छ ।

स्वीकृति नलिई नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र पोशाकमा प्रयोग हुने दज्र्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग गरे कानुनी कारवाही गर्ने चेतावनी दिएको छ ।

पछिल्लो समय सर्टमुभी र टिकटकमा नेपाल प्रहरीको पोशाक प्रयोग भइरहेको छ ।