Rumpum Advertisement

अनुगमनमा भेटियो सडेको मासु

Neuro Revised Adv
Koshi Dashain ad
अनुगमनमा भेटियो सडेको मासु

काठमाडौं, २२ असोज । काठमाडौंको मैतिदेवीमा सञ्चालित चण्डीकालिका मासु पसलमा सडेको मासु बिक्री गर्न राखेको पाइएपछि काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले नष्ट गरेको छ ।

महानगरपालिकाले गरेको नियमित अनुगमनका क्रममा मासु पसलमा केही मात्रामा सडेको कुखुराको मासु बिक्री गर्न राखेको पाइएको थियो । उक्त मासुलाई अनुगमनमा गएको टोलिले नष्ट पारेको छ । त्यस्तै मासु पसलमा म्याद गुजे्रको मसलासमेत पाइएको छ ।

महानगरपालिकाका पशु विकास अधिकृत डम्बरबहादुर बमले मासु पसलमा अनुगमन गर्दा सडेको मासु फेला परेको बताए । त्यस्तै पसलमा अस्तव्यस्तरुपमा मासु राखिएको, बधशाला फोहोर भएको पाइएकाले स्पष्ट जवाफसहित महानगरमा आउन भनिएका बमले बताए ।

महानगरपालिकाले मैतिदेवी क्षेत्रका अन्य खाद्य पसलहरुमा पनि अनुगमन गरेको थियो । त्यस क्रममा केही पसलहरु दर्ता नगरी सञ्चालन गरेको, ढक तराजु प्रमाणिकरण नगरी प्रयोग गरेको पाइएकाले सचेत गराइएको उनले बताए ।