Rumpum Advertisement

सरकार र डा. केसीबीच वार्ता

Neuro Revised Adv
Koshi Dashain ad
सरकार र डा. केसीबीच वार्ता

काठमाडौ, २२ असोज । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज (बिहीबार) सिंहदरबारमा वार्ता भइरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच आज वार्ता भइरहेको छ ।

डा. केसीसँग वार्ता गर्नका लागि सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । जसमा मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दीलिप शर्मा सदस्य रहेका छन् ।

सरकारले वार्ता टोली गठन गरेसँगै डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो । वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्व अध्यक्ष डा. अन्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेका छन् ।

चिकित्सा शिक्षा सुधारका लागि विभिन्न मागहरु राख्दै डा. केसीले भदौ २९ गते देखि जुम्लाबाट अनसन सुरु गरेका थिए । डा. केसीले आमरण अनसन सुरु गरेको आज २५ औं दिन पुगेको छ ।