Rumpum Advertisement

२० वर्ष उमेर पुगेर विवाह गर्ने जोडीलाई २० हजार पुरस्कार

Neuro Revised Adv
Koshi Dashain ad
२० वर्ष उमेर पुगेर विवाह गर्ने जोडीलाई २० हजार पुरस्कार

बझाङ, २१ असाेज । बझाङको विकट साइपाल गाँउपालिकाले बालविवाह न्यूनीकरण गर्न एउटा जुक्ति निकालेको छ ।

“विवाहवारी २० बर्ष पारी” भन्ने बझाङ जिल्लाले नारा लिएको भएपनि गाँउघरमा बाल विवाह गर्ने प्रचलन हट्न नसकेपछि सो गाउँपालिले यसै मंसिर महिनादेखि २० वर्ष उमेर पुगेर विवाह गर्ने जोडीलाई नगद २० हजार दिने र्निणय गरेको छ ।

तिव्वतको सीमानासँग जोडिएको जिल्लाको सबैभन्दा दुर्गम विकट साइपाल गाँउपालिकामा बाल विवाह गर्ने प्रचलन बढ्दै गएपछि जनप्रतिनिधिहरूले यस्तो निर्णय गरेको गाँउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए ।

उनले भने ‘गाँउपालिकाभित्र रहेका सबै विद्यालयका शिक्षक साथै समुदायका अग्रजहरूलाई पनि बालविवाह दुरुसाहित गर्ने भनेका छौँ र अबदेखि २० वर्ष उमेर कटेर विवाह गर्नेलाई २० हजार दिने पालिकाले नीतिगत र्निणय गरेको छ ।’