Rumpum Advertisement

काठमाडौं १२ सय ९६ सहित उपत्यकामा थपिए १६ सय ८४ संक्रमित

Neuro Ad
काठमाडौं १२ सय ९६ सहित उपत्यकामा थपिए १६ सय ८४ संक्रमित

काठमाडौं, २१ असोज । काठमाडौं उपत्यकामा बुधबार थप १६ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६ सय ८४ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका १२ सय ९६ जना, भक्तपुरका ९५ जना र ललितपुरका २९३ जना रहेका छन् ।

बुधबार एकै दिन ३४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ सय २६ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

आज थप १५ जनाकाे मृत्यु भएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ५७८ पुगेकाे छ ।