Rumpum Advertisement

चाडपर्व नजिकिँदै गर्दा बजार सुनसान

Neuro Revised Adv
Koshi Dashain ad
चाडपर्व नजिकिँदै गर्दा बजार सुनसान

काठमाडौ, २१ असोज । चाडपर्व नजिकिँदै गर्दा काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरुमा सुनसान देखिएको छ ।

दशैं, तिहार, छठलगायतका ठूला चाडपर्व नजिकिँदै गए पनि काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक बजारमा चहलपहल कम देखिएको छ । विगतका वर्षहरुमा दशैं नजिकिएसँगै निकै भिड हुने बजारमा यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका कारण सुनसान देखिएको हो ।

मंगलार साँझ न्यूरोड, दरबारमार्ग, ठमेललगायतका बजारमा पुग्दा सुनसान देखिएको हो । केही पसलहरु खुलेको देखिए पनि अधिकांश पसलहरु बन्द भइसकेका थिए । सामान खरिद गर्न जानेहरु निकै न्यून देखिएका थिए ।

खासगरी लत्ताकपडा, घरायसी सामग्री, मोबाइल फोन, टेलिभिजनलायतका बजारमा सुनसान देखिएको छ । विगतमा चाडपर्वको समयमा निकै भिड हुने क्षेत्र यसपटक सुनसान हुँदा व्यापारीहरु पनि निराश बनेका छन् ।

न्यूरोड, दरबारमार्ग र ठमेल त्यसै पनि साँझको समयमा निकै भिड हुने बजार हो । तर यस वर्ष कोभिड १९ को संक्रमणको जोखिमका कारण मानिसहरु सामान खरिद गर्न बजार निस्किएका छैनन् । त्यसैले पनि बजार सुनसान भएको छ भने व्यापार नै नभएको व्यापारीहरुको गुनासो छ ।

ठमेल क्षेत्रमा आन्तरिक ग्राहकभन्दा पनि पर्यटकहरु किनमेलका लागि बढी आउने क्षेत्र हो । पर्यटकीय क्षेत्र भए पनि यस वर्ष पर्यटकहरु नै देख्न पाइँदैन । त्यसैले पर्यटकलाई लक्षित गरी खोलिएका पसलहरु पनि प्रायः बन्द हुने गरेको देखिएको छ ।

कोभिडका कारण उपभोक्ता नभएपछि व्यापारिक क्षेत्र सुनसान मात्रै भएको छैन यसको असर समग्र अर्थतन्त्रमा समेत पर्ने देखिएको छ ।