Rumpum Advertisement

पोर्चुगल र स्पेन भिड्दै

Neuro Revised Adv
Koshi Dashain ad
पोर्चुगल र स्पेन भिड्दै

विराटनगर, २१ असोज । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज पोर्चुगलले स्पेनसँग खेल्दैछ । यूईएफए नेशन्स लिगको तयारीका लागि स्पेन र पोर्चुगल आमने–सामने हुन लागेका हुन् ।

नेपाली समयानुसार राति १२ः३० बजेबाट सुरु हुने यो खेल पोर्चुगलस्थित स्टेडियो जोसे अल्भाडेमा हुनेछ ।

नेशन्स लिगमा साविकको विजेता पोर्चुगल लिग ए ग्रुप ३ को शीर्ष स्थानमा छ भने स्पेन ग्रुप ४ को शीर्ष स्थानमा छ ।

यसैगरी आजको अर्को मैत्रीपूर्ण खेलमा फ्रान्स र युक्रेनले खेल्दैछन् । नेशन्स लिगकै तयारीका लागि हुने उक्त खेल फ्रान्सको मैदानमा राति १२ः५५ बजे हुनेछ ।

यस्तै मैत्रीपूर्ण खेलअन्तर्गत राति १२ः३० बजे स्वीट्जरल्याण्ड र क्रोएशिया तथा जर्मनी र टर्कीले खेल्दैछन् । सोही समय नेदरल्याण्ड्सले मेक्सिकोसँग तथा इटालीले माल्डोभासँग प्रतिस्पर्धा गर्दैछ ।